शनिबार, माघ ८, २०७८

वैज्ञानिक वन व्यवस्थापनमा पहल

२ असार २०७३, बिहीबार ०७:३१

डोटी, २ असार । वैज्ञानिक वन व्यवस्थापनका निम्ति पहल सुरु भएको छ ।

यहाँका वनजङ्गल सुरक्षित र संरक्षित गर्नका निम्ति स्थानीयवासीलाई सक्रिय बनाई दिगो व्यवस्थापन गर्न पहल थालिने भएको हो । बर्छेन–४ स्थित जनजागृति सामुदायिक वन, बर्छेन–२ स्थित सुनपाल सामुदायिक वन र मस्टा सामुदायिक वन तथा घाङ्गल–५ स्थित जनसेवा सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापनको अवधारणा सहितको कार्ययोजनामा दुई वर्ष अगाडि नै स्वीकृत भइसकेका छन् ।

यहाँका वनबाट बढ्दो चोरी निकासी घटाउन र संरक्षण गर्न अहिलेको प्रमुख आवश्यकता रहेको जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले बताए । वनबाट उत्पादन र सदुपयोग गर्न सकेमा मानिसलाई अझ बढी फाइदा हुने हुँदा दिगो वन व्यवस्थापनलाई बढावा दिनुपर्ने कार्कीले बताए । नेपालमा रहेको ४४ प्रतिशत वनजङ्गललाई सदुपयोग गर्ने हो भने धेरै आम्दानी गर्न सकिने उनको भनाइ छ ।

वनविज्ञ डा नगेन्द्रप्रसाद यादवका अनुसार वन व्यवस्थित गर्न नापजाँच हुन जरुरी रहेको छ । समय समयमा जङ्गलबाट फाइदा लिन र संरक्षण गर्ने प्रक्रिया अगाडि बढाउन समेत वैज्ञानिक वन व्यवस्थापनले सहयोग गर्ने यादवले बताए ।
सडकमा बजेट नपरेकामा घेराउ
आफ्नो ठाउँको सडकमा जिविसको बजेट नपरेको भन्दै खातिवडा गाविसका बासिन्दाले जिविस र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । स्थानीय विकास अधिकारी र केही राजनीतिक दलले पूर्वाग्रहका साथ बजेट विनियोजन गरी पारित गरेको भन्दै स्थानीय विकास अधिकारी वासुदेव रेग्मीको कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् ।रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share