बुधबार, माघ ५, २०७८

वृद्धवृद्धाहरुलाई फलफूल वितरण

१८ असार २०७३, शनिबार १०:०४

1सुर्खेत, १८ असार । नेपाली काँग्रेस वीरन्द्रनगर नगरसमितिको आयोजनामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्म दिन प्रशान्ती वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरी मनाइएको छ ।

फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति कमलराज रेग्मी, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति नारायणकुमार कोइराला, महिला संघका सभापति पार्वती गिरी, पूर्वउपसभापति कालीप्रसाद शाक्य, पूर्व सचिव धर्मराज गिरी लगायतको सहभागिता रहेको थियो ।

नगरसमितिका सभापति देवकुमार सुवेदीले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्म दिनको अवसरमा प्रशान्ती वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको बताएको नगरसमिति सचिव उपेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share