बुधबार, मंसिर २२, २०७८

वृद्धआश्रममा आगलागी सत्रको मृत्यु

१६ जेष्ठ २०७३, आईतवार १८:३०

किभ, १६ जेठ । युक्रेनको राजधानी किभको बाहिरी इलाकामा रहेको एक वृद्धआश्रममा आइतबार बिहान सवेरै भएको आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको छ ।

सो आगलागी भएको स्थानबाट १७ व्यक्तिको शव निकालिएको युक्रेनको राज्य सङ्कटकालीन सेवाका प्रमु्ख माइकोला चेचेत्कीनले जानकारी दिएका छन् ।
राजधानी किभबाट ५० किलोमिटर उत्तरमा रहेको लिटोच्की गाउँमा अस्थायी दुई तले सो वृद्धआश्रमका आगलागी भएको जनाइएको छ ।
आइतबार बिहान सबेरै भएको यस आगलागीको समयमा सो आश्रममा ३५ व्यक्ति बसोवास गर्दै आएका र ती मध्ये १८ जनाभने उद्धार गरिएको जनाइएको छ ।
उद्धार गरिएका ती व्यक्तिहरुमा पाँच जनाभने उपचारार्थ अस्पताल लगिएको बताइएको छ । युक्रेनमा बर्षेनी यस्तै घटनामा सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।  आगलागीको कारण अनुसन्धानरत रहेको बताइएको छ । रासस÷एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share