सोमवार, मंसिर २०, २०७८

विश्वधुम्रपान दिवसको अवसरमा अन्तरक्रिया

१८ जेष्ठ २०७३, मंगलवार १५:३९

सुर्खेत, जेठ १८ ।
विश्वधुम्रपान रहित दिवसको अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्नभएको छ । “सादाबट्टामा सुर्तिजन्यपदार्थ पोका पारौा र सुर्ति नियन्त्रणबट्टामा केहीनलेखौा” भन्ने मुलनाराका साथ कार्यक्रम सम्पन्नभएको हो । जिल्ला स्तरीय सुर्तिजन्यपदार्थ नियन्त्रण तथा नियमन उपसमितिको आयोजना तथा क्यान्सर रिलिफ सोसाईटीको समन्वय रहेको थियो ।
विहान मंगलगढी चोकबाट र्‍याली सुरु गरेर धुम्रपान रहित सम्बन्धि अन्तरक्रियामा कार्यक्रम भएको थियो । अन्तक्रियाकार्यक्रममा क्षेत्रीय निर्देशक भोगेन्द्रराज डोटेलले सुर्ति सेवनका कारणले मानव स्वास्थ्यमा विभिन्न असरहरु पार्ने र यसले दिर्घकालीन असर पार्नुका साथै समयमै जनचेतना जगाउन आवश्यक रहेको बताए ।
जिल्ला जन स्वास्थ्यकार्याल सुर्खेतका सूचनाअधिकारी बसन्तमान श्रेष्ठले कार्यपत्र प्रस्तुतगदै विद्यमान ऐन कानुन सुर्तिजन्य पदार्थबाट मान शरीरलाई पुर्‍याउने हानिको बारेमा जानकारी गएका थिए । उनले सुर्खेतमा विपन्न वर्गका ८३ जनामध्ये झन्डै ३९ जना क्यान्सरका विरामी पाइएको बताए । अन्तरक्रिया कार्यक्रममा जिल्ला स्तरीय सुर्तिजन्यपदार्थ नियन्त्रण तथा नियमन उपसमितिका अध्यक्ष हितप्रसाद पौडेल सम्पन्न भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share