विश्वकै लामो सुरुङ्गी रेलमार्गको शुभारम्भ
२० जेष्ठ २०७३, बिहीबार ०६:३०स्वीट्जरल्यान्ड, २० जेठ । विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।
स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गरेका हुन् । उनीहरुले ५७ किलोमिटर लामो सुरुङमार्गमा करिब २० मिनेटको यात्रा गरेकाे स्वीट्जरल्यान्डका सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी