बुधबार, माघ ५, २०७८

विविध घट्ना दुईको मृत्यु

८ असार २०७३, बुधबार १३:३४

इटहरी, ७ असार ।

सुनसरी जिल्लाको विभिन्न स्थानमा आज भएका घटनामा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान इटहरी उपमहानगरपालिका–४ स्थित कचना मन्दिरनजिक घर भएका ६६ वर्षीय रामबहादुर बराइलीको पैनीमा डुबेर मृत्यु भएको छ ।

बिहान बाढी आएपछि घरपरिवारका मानिस बाहिर निक्लिएर हिँडेपछि वृद्ध बराइली बाढीको पैनीमा परेर निस्किन नसकेपछि त्यहीँ उनको डुबेर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।

मृतक बराइलीको शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यता इटहरी–१७ बालग्राम क्षेत्रका ५० वर्षीय भानुभक्त तिम्सिनाको घरको छतमा जमेको पानी हटाउने क्रममा ११ हजार भोल्टको विद्युत् तारमा अकस्मात छुन पुग्दा उनको घटनास्थलमा नै करेन्ट लागेर मृत्यु भएको छ ।

उनको शवलाई पनि परीक्षणका लागि प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share