विवादका बीच प्रजातन्त्रवादी प्रध्यापक संघको महाधिवेशनको मिति तोकियो
२८ जेष्ठ २०७३, शुक्रबार १२:०९काठमाडौं । आन्तरिक विवादका कारण जेठ २७ र २८ गते निर्वाचन गराउन नसकेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आगामी असार १० र ११ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार पोखरामा सम्पन्न भएको संघको केन्द्रीय समितिको बैठकले महाधिवेशन जेठ १० र ११ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । जेठ २७ र २८ गते गते भनिएको निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरूको विषयमा असन्तुष्ट पक्षले असहमति जनाएपछि शुभेक्षुक पार्टी नेपाली काँग्रेसका सभापति एवं वरिष्ठ नेताको चर्को दबाबका कारण महाधिवेशन निर्धारित मितिमा सम्पन्न हुन सकेको थिएन ।तर यो महाधिवेशनको मिति तोक्ने केन्द्रीय समितिको बैठकमा असंतुष्ट पक्षका प्रध्यापकहरुको सहमति नभएको बताइएको छ । महाधिवेशन समयमा हुन नसकेपछि सोही दिन अर्थात् बिहीबार पोखरामा न%
Flash Newsclose