शनिबार, मंसिर १८, २०७८

विभिन्न आरोही सम्मानित

२६ जेष्ठ २०७३, बुधबार ०७:४०

काठमाडौँ, २६ जेठ । सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी विभिन्न कीर्तिकानी कायम गर्ने ३२ जनालाई सम्मानित गरियो ।

‘वि विल राइज फाउण्डेसन’ ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा फुर्वा तेन्जिङ शेर्पा, मिङ्मा शेर्पा, मीनबहादुर शेरचन, इस्नो लियोपार्ट, पेम्बा शेर्पा, शैली बस्नेत, पेमा डिकी शेर्पालगायतका रहेका छन् ।
कार्यक्रममा मन्त्री मण्डलले ज्यानको बाजी लगाएर आरोहण गरी कीर्तिमानी गर्नेलाई राज्यले पनि सम्मान गर्नुपर्ने बताए । उनले नेपाललाई विश्वमा सगरमाथाका कारण थप चिनाएकाले आरोहरण क्षेत्रलाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share