आइतवार, अशोज ३१, २०७८

विपद्को लागि स्थानीय स्तरमै स्रोत साधन सम्पन्न

२३ भाद्र २०७३, बिहीबार १८:४०

दाङ, २३ भदौ । स्थानीय स्तरमा हुने विपद्को व्यवस्थापन तथा उद्धारका लागि दाङ जिल्लाका केही गाविसहरुलाई स्रोत साधन सम्पन्न गराइन लागेको छ । दातृ निकायको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको व्यबस्थापनमा यहाँका केही गाविसलाई विपद्को लागि स्रोत साधन सम्पन्न गराउन लागिएको हो ।

1पहिलो चरणमा दक्ष जनशक्ति निर्माण गरिएको र दोस्रो चरणमा स्रोत साधन उपलब्ध गराउन थालिएको सहयोगी संस्था नेपाल रेडक्रसले जनाएको छ । नेपाल रेडक्रस र नेपाल सरकारको समन्वयमा सञ्चालन भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमताबृद्धि–डिपेको ८ कार्यक्रम अन्तर्गत पहिलो चरणमा स्थानीय स्तरमा गाविसमा ७२ जना सामुदायिक उद्धार कर्ता निमार्ण गरिएको र त्यो जनशक्तिलाई आबश्यक स्रोत साधन उपलब्ध गराउन थालिएको कार्यक्रम अधिकृत सन्तोष ढकालले जानकारी दिए ।

यसैबीच पवननगर गाविसलाई उद्धारका लागि आबश्यक विभिन्न ७२ सेट उद्धार सामग्री प्रदान गरिएको छ । पवननगर गाविस कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्थानीय विपत व्यवस्थापन समितिका संयोजक तथा गाविस सचिव हुमलाल न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्यले गाविस सचिव न्यौपानेलाई सामग्री हस्तान्तरण गरेका थिए । उद्धार र उद्धारका लागि आबश्यक सामग्रीहरुको पुरै सेट रहेको कार्यक्रममा जानकारी गराइएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा डिपेको एट का केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे, विज्ञहरु धु्रव गौतम, मधुसुदन गौतम, पवननगर उपशाखा सभापति विमल केसी लगायतको उपस्थिति रहेका थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share