बिहिबार, माघ ६, २०७८

विपत्तिका घटनाप्रति सबै संयन्त्र तयारी अवस्थामा

१९ असार २०७३, आईतवार ०७:४६

काठमाडौँ, १९ असार ।

मनसुन सक्रियताले देशभर वर्षात्सँगै बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सरकारले त्यसका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ ।

केही दिनदेखि निरन्तर वर्षात्ले देशका विभिन्न स्थानमा पु¥याउ नसक्ने प्राकृतिक प्रकोप र विपत्तिका घटनालाई ध्यानमा राखी गृह मन्त्रालयले आवश्यक सजकता अपनाएको हो ।

बाढी पहिरो घटनाका लागि सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले राससलाई जानकारी दिए । उनले वर्षात्ले देशका केही स्थानमा पहिरो र बाढीका घटना भए पनि अहिले अवस्था समान्य रहेको बताए ।

तराईका जिल्लामा डुबानबाट मानवीय क्षति हुन नदिन नदीमा पानीको बाहबबारे तटीय क्षेत्रका जनतालाई सूचना दिने प्रणाली विकास गरिनुका साथै बाढी, पहिरो र डुबानबाट मानवीय क्षति हुन नदिन देशका सबै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

प्राकृतिक प्रकोपका घटनामा उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैबीच धादिङको री गाउँमा पहिरोमा फसेका १९ मध्ये हालसम्म १४ जनाको उद्धार गरिएको र बाँकी पाँच जनालाई आइतबार उद्धार गरिने प्रवक्ता कोइरालाले बताउनुभयो । मनसुन न्यूनचापीय रेखाको प्रभावले केही दिनदेखि मुलुकभर बद्लीसँगै अधिकांश भेगमा वर्षात् भएको छ । निरन्तर वर्षात्ले तराईका केही स्थानमा डुबानका साथै पहाडी भेगमा पहिरोको जोखिम निम्त्याएको छ ।

आज काठमाडौँ उपत्यकासहित मुलुकभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा बढी कास्कीको लुम्लेमा १७७, पोखरामा ५७.८, धनगढीमा ५१ र सबैभन्दा कम धनकुटामा शून्य दशमलव एक मिलिमिटिर वर्षात् भएको छ । आज काठमाडौँमा १३.७ मिलिमिटर वर्षात् भएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share