सोमवार, मंसिर २०, २०७८

विद्युत चोरी गर्नेहरूबाट आठ लाख असुली

११ जेष्ठ २०७३, मंगलवार ०७:१७

पाल्पा, ११ जेठ ।
विद्युत् प्राधिकरण पाल्पाले विद्युत्को चोरी गरी प्रयोग गर्नेहरूबाट रु आठ लाख असुली गरेको छ । वैशाख महिनामा मात्र प्राधिकरण पाल्पाले रु आठ लाख जरिवाना सङ्कलन गरेको हो । प्राधिकरणले वैशाख महिनामा विद्युत् चुहावट र विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन नै गरेको थियो । प्राधिकरणले जिल्लाको कसेनी, सोमादी, छहरा, भुवनपोखरी, चिदीपानी, चापपानी र तानसेन नगरलगायतका क्षेत्रमा निगरानी बढाएको थियो । विद्युत् चोरी गरी प्रयोग गर्नेहरूबाट रु एक लाख ४९ हजारसम्म जरिवाना असुली गरेको हो । दुई कुटानी पिसानी उद्योग र १४ घरमा विद्युत् चोरी गरी प्रयोग गरेको विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो । विद्युत् तारबाट तानेर मिटरमा नै रेर्कड नदेखिने गरी सिधै बत्ती बालेका हुन् ।
विद्युत् चोरी गर्ने समाजका प्रतिष्ठित व्यक्तिसमेत रहेका छन् । विद्युत् कार्यालयका कर्मचारी शिक्षक, पत्रकार र दलका नेतासमेत विद्युत् चोरी प्रयोग गर्दै आएको प्राधिकरणले जनाएको हो । विद्युत् प्राधिकरणले जरिवाना तिरेकाले नाम खुलाउन नमिल्ने जनाएको छ । केही विद्युत् चोरी गर्ने भने पटकपटक जरिवाना शुल्क तिर्दै आएका हुन् । विद्युत् मिटर रिडर उपभोक्ताका घरमा नपुग्दा विद्युत् चोरीका घटना बढेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share