शनिबार, असार ११, २०७९

विद्यालयलाई शैक्षिक सामग्री सहयोग

१३ असार २०७३, सोमबार ०८:०८

पोखरा, १३ असार ।

सामाजिक सञ्जाल फेसबुकमा आबद्ध महिलाको समूह जिआरआर (गल्र्स राइजिङ रुम)ले कास्की निर्मलपोखरी–१ किरियापानीस्थित बाल विद्याश्रम प्राविलाई करिब रु ५० हजार बराबरको शैक्षिक तथा सरसफाइका सामग्री सहयोग गरेको छ ।

विभिन्न सामाजिक कार्यमा क्रियाशील समूहले विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने सामग्रीका साथै अत्यावश्यकीय सरसफाइका सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक नीशा पन्थीले बताइन् ।

सामग्री ग्रहण गर्दै विद्यालयकी प्रधानाध्यापिका शान्ता ढकालले विद्यालयमा जिआरआरले गरेको सहयोग उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बरालले सहयोग सामग्रीले विद्यालयका शिक्षक तथा विद्यार्थीमा थप हौसला प्रदान भएको बताए ।

कार्यक्रममा समूहका सदस्य सुर्किती भुर्तेल, शर्मिला कार्की, चन्द्रा श्रेष्ठलगायतले विद्यालयलाई आगामी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share