शनिबार, मंसिर १८, २०७८

विद्यालयलाई प्रोजेक्टर र नगद सहयोग दिने घोषणा

२४ जेष्ठ २०७३, सोमबार १३:५९

सुरुङ्गा (झापा), २४ जेठ ।

झापाको शनिअर्जुन नगरपालिका–६ मा रहेको नवज्योति प्राथमिक विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय एक दाताले प्रोजेक्टर प्रदान गर्ने उद्घोष गरेका छन् । शनिअर्जुन–६ निवासी कञ्चन सापकोटाले प्रोजेक्टरको माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदा सिकाइ बढी प्रभावकारी हुने भन्दै विद्यालयलाई प्रोजेक्टर प्रदान गर्न लागेका हुन् ।

प्रोजेक्टरको माध्यमबाट बालबालिकालाई पठनपाठन गराउने शिक्षक नियुक्त गर्न आग्रह गर्दै उहाँले त्यस शिक्षकलाई आफूले मासिक सात हजार रुपैयाँ प्रदान गर्ने विद्यालयमा आज आयोजित कार्यक्रममा जानकारी दिए । त्यस्तै, सोही ठाउँ निवासी चन्द्रकला थापाले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिदिने वचनबद्धता प्रकट गरे ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share