शुक्रबार, कार्तिक ५, २०७८

विद्यालयमा सुरक्षाको माग

४ आश्विन २०७३, मंगलवार १६:१४

काठमाडौं, ४ असोज । मंगलबार राजधानी काठमाडौंका चर्चित निजी विद्यालयहरुलाई केन्द्रित गर्दै एक समूहले बम विष्फोट गरायो । बम विष्फोट र विष्फोटका योजनाका घटनापछि मोटो रकम तिरेर आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेका अभिभावकहरु झस्किए ? १० वर्ष लामो माओवादी द्वन्द्व झेलेर भर्खर शान्तिको स्वास फेर्दै गरेका अभिभावकलाई मंगलबारको बम काण्डले नमिठो बनायो ।

bamएकैपटक आधा दर्जनभन्दा बढी विद्यालयलाई लक्षित गरि गरिएको बम योजनाले अभिभावक मात्र नभई आम नेपालीलाई नमिठो अनुभूति गराएको छ । कुनै चेतावनी वा खबरदारीबिना एकाएक एक अर्ध भूमिगत समूहले गरेको यस्तो कार्यले सबैलाई अचम्मित र स्तब्ध पारेको छ । यो घटनामा कुनै मानवीय क्षेति नभए पनि यस्ता घटनाहरु दोहोरिने पो हुन् कि ? यस्ता घटनाहरु दोहोरिँदा आफ्ना निर्दोश सन्ततीले ज्यानको बाजी राख्नु पर्ने पो हो कि भन्ने पिरोले आम अभिभावकलाई छ । अभिभावकलाई मात्र नभई निजी विद्यालयका संचालकलाई पनि छ यो चिन्ता ।

मंगलबारको बम योजनाको घटना लगत्तै निजी विद्यालय सञ्चालकहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्यावसन, राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियन एनप्याब्सन र उच्च माध्यामिक विद्यालयसंघ नेपाल हिसान का पदाधिकारीको मंगलबार बसेको आपतकालिन बैठकले सरकारसँग सुरक्षा माग्ने निर्णय गरेको छ ।

बैठकले बम आतंकबाट नआत्तिन सम्पूर्ण अभिभावकलाई आग्रह गर्नुका साथै बम राख्नेलाई कारबाही र क्षतिपूर्तिको माग पनि गरेको छ । विद्यालय शान्ति क्षेत्र भएपनि यस्ता खालका गतिविधि हुँदा विद्यार्थीको पढ्ने मनोविज्ञानमा असर गर्ने भन्दै निजी विद्यालय सञ्चालकहरुले विद्यालयमा शान्ति सुरक्षाको बारेमा ख्याल गरिदिन सबैसँग आग्रह पनि गरेको छ ।

सुरक्षाको ग्यारेन्टी होला ?

निजी विद्यालय र सरकार वर्गीय दुस्मन जस्ता निकाय । निजी विद्यालयले न सरकारी पाठ्यक्रम पढाउँछन् । न सरकारले तोकेको शुल्कमा चित्त बुझाउँछन् । हजारौं अभिभावकको दबाब, सरकारी निर्देशन पालना नगर्ने हठि स्वभाव, मनलाग्दी शुल्क निर्धारण गरी मनग्ये आम्दानी जस्ता विशेषताहरु निजी विद्यालयका छन् । उता सरकारले आफ्नै लगानीमा खुलेका सरकारी विद्यालयहरु भकाभक समुदायलाई हस्तान्तरण गर्दै थुप्रै जिम्मेवारीहरु आफ्नो टाउकोबाट तल झारीसकेको छ । यतिसम्मका सरकारी शिक्षकहरुलाई जम्मा पारेर ल राम्रोसँग पढाउनुस् निजी विद्यालयले सरकारी विद्यालयको शाख गिराइसके भन्न सक्दैन । यस्तो अवस्थामा सुरक्षा माग गर्नु र दिन्छु भन्नु, आतंकवादी क्रियाकलाप गर्नेलाई कडा कारबाही गर्छौँ भन्नु खाली औपचारिकता निभाउनु मात्रै हो । होइन यदि सरकारले विद्यालय, विद्यार्थी र अभिभावकका समस्या सुनुवाई गर्ने भए यस्ता समस्या विद्यालयमै आउने थिएनन् कि ?

तसर्थ सरकारले निजी विद्यालयमा सुरक्षा दस्ता परिचालन गरेर मात्र तीनको सुरक्षा हुन सक्दैन । आतंकवादी गतिविधि गर्नेहरुलाई कडा कारबाही त गर्नुपर्छ नै यसका साथै उनीहरुका मागमा गम्भीर भएर यस्ता घटना दोहोरिँदै नदोहोरिने वातावरणको सिर्जना गर्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share