सोमवार, मंसिर २०, २०७८

विद्यार्थीहरुकाे रिले अनशन

२३ जेष्ठ २०७३, आईतवार १८:४५

खबरइरा संवाददाता
सुर्खेत २३ जेठ ।
मध्यपश्चिम विश्व विद्यालयको केन्द्रीय कार्यालयलमा विद्यार्थीहरुले रिले अनशन थालेका छन् । विश्व विद्यालयका पदाधिकारीले एकलौटी रुपमा मनोमानी गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मप विश्वविद्यालय समितिले रिले अनशन थालेका हुन् ।
जेठ २३ गते देखि २६ गतेसम्म केन्द्रीय कार्यालयमा रिले अनशन जारी रहेन अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेतले जनाएको छ । विद्यार्थीहरुले विभिन्न १३ वटा मागसहित आन्दोलनका कार्यक्रम सर्वाजनिक समेत गरेका छन् । आफ्ना विभिन्न मागहरु पुरा नहुँदासम्म आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थी संगठनले जनाएका छन् । मनोमानीरुपमा बढाइएको अवैज्ञानिक र अव्यवहारिक १० प्रतिशत शुल्क वृद्धि निशर्त खारेज गर्ने र इन्जिनियरिङ संकायको प्रथम ब्याच हाल छैठौ समेस्टरका विद्यार्थीको तोकिए भन्दा बढि लिइएको शुल्क फिर्ता गरिनु पर्ने लगायतका विषयमा भएका सहमति अक्षरस पालना गरिनु पर्ने अपिल गरेका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी) मप विश्वविद्यालय समितिले असार १ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम तय गरिएको अनेरास्वयिू(क्रान्तिकारी) सुर्खेतका अध्यक्ष महेश जिसीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share