बुधबार, मंसिर २२, २०७८

विकास अायोजनामा बजेट अभाव हुनेछैनः प्रधानमन्त्री

२५ जेष्ठ २०७३, मंगलवार १५:५५

सुर्खेत, २५ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकासका आयोजनामा सरकारले बजेटको अभाव हुनु नदिने बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको प्रशासनीक भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र विकासलागि विदेशी राष्ट्रहरु वजेट दिन तयार भएकाले मुलुकको विकास योजनामा बजेटको अभाव हुन नदिने बताएका हुन ।

PM OLI

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई नेपालको नमूना विश्वविद्यालयका रुपमा अन्तर्राष्ट्रियजगतमा परिचित बनानु पर्ने प्रधानमन्त्री ओलीले बताए । उनले बामेखोलास्थित मप विश्वविद्यालयको इन्जिनियरिङ कलेजसम्मको १० किलोमिटर सडकलाई यसै वर्ष कालोपत्रे गरिने समेत घोषणा गरेका छन् ।
सुर्खेतको विकासलाई भेरी बबई डाइभर्सनले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले सुर्खेतको पुर्वाधार विकासकालागि विमानस्थल, मेडिकलेज, औद्योगिक क्षेत्रलगायतको स्थापना गरी नयाँ पहिचान बनाउने बताए ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन बारे चर्चा गर्दै स्थानीय निकाय र प्रतिनिधि सभाको निर्वाचनपछि सरकार परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्री बनेको प्रधानमन्त्री हुनकालागि मात्र नभइ देश विकास गर्नकालागि स्वीकार गरेको उनको भनाई रहेको छ ।
प्रधानमन्त्री भएर शिक्षा स्वास्थ्यलगायतका क्षेत्रको विकास गर्नु आफ्नो रुचि रहेको प्रधानमन्त्री ओलीले बताए । देश विकास छिटो विकास गर्नुपर्छ भन्दा मान्छेहरु छक्क परेका प्रधानमन्त्री ओलीले बताए ।
दैलेखमा पेट्रोलियम पदार्थको अनवेषण गर्दै गर्दा विकासको गति ढिलो गर्नेहरु आश्चर्यमा परेको प्रधानमन्त्रीले बताए । दैलेखमा रहेको पेट्रोलको उत्खनन् सुर्खेत वा दैलेखबाट हुन सक्ने उनको भनाई थियो ।
शिलान्यास कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले शिक्षा क्षेत्रमा चरम राजनीतिक भागबण्डा रहेको बताएका छन् । उनले राजनीतिक दवावका कारण मन्त्री तथा नेताहरु पिच्छे फरक–फरक शिक्षा क्षेत्रमा प्रभाव पर्ने गरेको बताए । अवका विश्व विद्यालयहरुले आफ्नो खुट्टामा उभिने गरी विश्वविद्यालयका शैक्षिक रणनीति बनाउनुपर्ने उनको भनाई थियो ।
राष्ट्रको विकासमा योगदान पुर्‍याउने गरी विश्वविद्यालयले आफ्नो उत्पादन वृद्धि गर्नु पर्ने शिक्षा मन्त्री पोख्रेलको भनाई छ । शैक्षिक क्षेत्रले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर शिक्षा नीति बनाउनुपर्ने उनले बताए ।

pm oli 1
प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई पाँच करोड चेक हस्तान्तरण गरेका थिए भने विश्वविद्यालय स्थापनमा सहयोग पु¥याउने सुर्खेती चन्दादाता मोतीप्रसाद सापकोटा, मौदगल्य समाज, मप विश्वविद्यालय संघर्ष समितिका अध्यक्ष भुषणकुमार मानन्धर र सुर्खेत उद्योग बणिज्य संघलाई सम्मान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share