सोमवार, मंसिर २०, २०७८

‘वान डे’मा धनगढी क्रिकेट एकेडेमी विजयी

२२ जेष्ठ २०७३, शनिबार ०७:११

धनगढी, २२ जेठ । यहाँ जारी ‘इन्डो नेपाल क्रिकेट सिरिज’अन्तर्गत शुक्रबार भएकाे एक दिवसीय खेलमा धनगढी क्रिकेट एकेडेमी (डिसिए), मुम्बई पुलिस क्रिकेट एकेडेमीसँग ४४ रनले विजयी भएको छ ।

यी दुई क्रिकेट टोलीबीच शुक्रबार दुई वटा एक दिवसीय प्रतियोगिता भएको थियो । पहिलो खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको डिसिएका लोकेश बमले अविजित ३१ रनको इनिङ खेले । त्यस्तै रोशन अधिकारीले २८, विजय रानाले २४ तथा विपिन रावलले २२ रन बनाउँदा डिसिएले १६ ओभरमा पाँच विकेट गुमाउँदै ११९ रनको योगफल बनायो । मुम्बईका तर्फबाट अर्नाभ खत्रीले तीन तथा यश दुबे र अभिषेक पल्कारले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर ७५ रन मात्र बनाउन सकेपछि डिसिएले खेल ४४ रनले जितेको हो । मुम्बइका लागि अभिषेक यादवले २६ तथा सङ्केत जोशीले १५ बाहेक अन्यले दोहोरो अङ्क बनाउन सकेनन् ।
डिसिएका रोशनले तीन तथा टेकेन्द्र बोहरा र अमित बुढाले समान २÷२ विकेट पाए । त्यस्तै आज भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डिसिएले ३५ ओभरमा आफ्ना सबै विकेट गुमाएर १४४ रन बनायो । उसका लोकशले ३८ तथा विजयले ३० रन बनाए । मुम्बईका अभिषेकले तीन तथा सङ्केत जोशी र अर्नाभले समान २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको मुम्बइले २३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । मुम्बइका सङ्केतले १६ तथा अभिषेकले १२ बनाए भने डिसिएका सागर भण्डारीले तीन तथा विक्रम ठगुन्नाले दुई विकेट लिँदै डिसिएलाई ५९ रनको जित दिलाए । यी दुवै टोलीबीच शनिबार दुई वटा टि–ट्वान्टी खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share