मङ्लबार, माघ ११, २०७८

वाणिज्य दूतावासको आयोजनामा योग शिविर

३ असार २०७३, शुक्रबार ११:०५

गौशाला, ३ असार । भारतीय महावाणिज्य दूतावास वीरगन्जले दोस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान महोत्तरीको जलेश्वरमा योग प्रशिक्षण शिविरको आयोजना गरेको छ ।

योग शिविरको उद्घाटन महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव तथा नेपालका लागि भारतीय वाणिज्य दूतावास वीरगन्जका काउन्सिलर अञ्जु रञ्जनले संयुक्तरुपमा गरेका छन् । सो योग शिविरमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, राजनीतिकर्मी, व्यापारी, बुद्धिजीवी, नागरिक समाज, विद्यार्थीलगायत २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

आज बिहान ७ देखि ९ बजेसम्म चलेको सो शिविरमा भारतका प्रसिद्ध प्रशिक्षक रविशङ्करमणि पाण्डेले शिविरमा सहभागी भएकालाई विभिन्न योग प्रशिक्षण दिइएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share