शनिबार, असार ११, २०७९

वर्षाबाट दुई विद्यालय भत्कियोे

१९ असार २०७३, आईतवार ०७:३९

बैतडी, १९ असार ।

बिहीबारदेखिको अविरल वर्षाका कारण शनिबार बैतडीमा दुई विद्यालय भत्किएका छन् ।

अविरल वर्षाका कारण मठैराज गाविस–३ बेलायतपुरमा रहेको चनैराज प्रावि र गाँजरी–८, सुगरखालस्थित केदार निमाविकोे भवन भत्किएका हुन् ।

शनिबार विद्यालयको कार्यालय कक्ष रहेको भवन भत्किएको र कार्यालय कक्षमा रहेको महत्वपूर्ण कागजातमा पानी पसेर क्षति पुगेको चनैराज प्राविका कार्यालय सहयोगी कृष्णदत्त जोशीले जानकारी दिए।

विसं २०६८ मा गाविसको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानमा निर्माण भएको विद्यालय भवन पाँच वर्षमै भत्किएको बताइएको छ ।

यस्तै अविरल वर्षाका कारण गाँजरी–८ सुगरखालस्थित केदार निमाविको चारकोठे भवन पनि भत्किएको स्थानीय रोशन विष्टले जानकारी दिनुभयो । भवन भत्किँदा पठनपाठनमा समस्या हुने विद्यालयले जनाएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share