आइतवार, असार १९, २०७९

वन्यजन्तु र वनस्पतिसम्बन्धी विधेयक प्रस्तुत

२१ असार २०७३, मंगलवार १८:२७

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७२’ र ‘वनस्पति विधेयक, २०७२’ प्रस्तुत भएको छ ।

वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले ती विधेयक प्रस्तुत गर्नुभयो । यसअघि नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले, प्रेम सुवाल र अनुराधा थापा मगरले प्रस्तुत गरेकाे विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री सापकोटाले वन तथा वन्यजन्तुको संरक्षणले मात्रै नहुने भएकाले त्यसलाई व्यावसायिक रुपमा अगाडि बढाएर जनताको आर्थिक अवस्था सुदृढ गर्न सरकार लागिपरेको बताए  ।

वनस्पतिको विकास र विस्तार एवम् पहिचानका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराउँदै उनले आर्थिक विकास र समृद्धिका लागि वनस्पतिको अत्यधिक प्रयोग गर्नुपर्ने उल्लेख गरे ।

वन तथा वन्यजन्तुको सुरक्षाका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ नीति तथा कार्यक्रम अगाडि बढाएको उनको कथन थियो ।  रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share