शुक्रबार, असार १७, २०७९

लोकमानका दुई मुद्दामा आजदेखि सुनुवाई हुँदै

२३ कार्तिक २०७३, मंगलवार ०७:४०

काठमाडौं, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेका दुई मुद्दाको सुनुवाई सुरु हुन लागेको छ । सर्वोच्चको पुनरावलोकन सम्बन्धि मुद्दाको म्याद बुझ्न अटेर गरी तामेलीमा समेत अवरोध गरेको भन्दै कारबाहीको माग गरी परेको रिट निवेदनको सुनुवाई मंगलबार छ ।

लोकमानसिंह कार्की, उनका ज्वाँइसहित चार जनाको नाममा अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनको सुनुवाई मंगलबारदेखि हुन लागेको हो । अर्यालले निवेदनमा कार्कीको योजना, निर्देशन र मिलेमतोमा अवरोध भएको भनि किटानी दिएका हुन् । कार्कीका ज्वाँइ प्रवल थापा, पूर्व कानून सचिव प्रमोद कार्की, सादा पोशाकका सई नकुल राज गौतमसहित चार जनाको नामममा किटानी छ ।lokman

दोषीलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको १११ नम्बर बमोजिम १५ दिन कैद र एक हजार जरिवाना हुने प्रावधान छ । म्याद तामेली नगर्ने भन्दा अवरोध गर्ने कदम गम्भीर हो भएको भन्दै आर्यालले कारवाहीको माग गरेका छन् । सर्वोच्चले कात्तिक १ गतेको मितिमा म्याद तामेली गरेको छ । तर, कार्कीले अझै तारेख बुझेका छैनन् ।

त्यसैगरि कार्कीलाई निलम्बन गरी उनले बसेको आवाससहित सबै सरकारी सेवा सुविधा खोज्न माग गर्दै परेको अर्को निवेदनको पेशी बिहीबारका लागि तोकिएको छ । उक्त निवेदन पनि अधिवक्ता अर्यालले दर्ता गरेका हुन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share