लिबियामा कारबम विस्फोट दशको मृत्यु
३ असार २०७३, शुक्रबार ११:०९ट्रिपोली, २ असार । लिबियामा बिहीबार भएको कारबम विस्फोटमा १० सुरक्षाबलको मृत्यु भएको छ ।
लिबियाली सरकारसँग आबद्ध ती सुरक्षाबलका सदस्य मारिएको बताइएको छ ।
इस्लामिक स्टेट जिहादी समूहविरुद्ध लडाई गर्दै आएका ती सुरक्षाबलका सदस्य मारिएका अस्पताल स्रोतले जानकारी दिएको छ । सो कारबम आक्रमणमा परी अन्य सात सदस्य घाइते भएका छन् ।
लिबियाको तटिय सहर सिर्तेबाट १३० किलोमिटर पश्चिममा रहेको अबु ग्रेइन सहरमा जिहादी समूहले गरेको आक्रमणमा १० सुरक्षाबलको मृत्यु हुनुका साथै अन्य सात घाइते भएको बताइएको छ ।
यस इलाकामा लिबिया सरकार जिहादीविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गर्दै आएको छ । रासस /एएफपी