मङ्लबार, असार २१, २०७९

लामाको भेषमा ठगी गर्ने पक्राउ

२४ जेष्ठ २०७३, सोमबार ०८:२६

पाँचथर, २४ जेठ । लामाको भेषमा ठगी गरी फरार रहेका कालिङपोङ भारत ठेगाना भई बर्षौ देखि नेपालमा बस्दै आएका ४१ बर्षीय तेन्जी छिरीङ भुटीयालाई प्रहरीले पक्राउ गरेको छ ।
भुटीयाले फिदिम नगरपालिका–१ स्थित होटल सगुनमा बसी जेठ ५ गते देखी १७ गतेसम्म आफु अवतारी लामा हुँ भनी फिदिमका स्थानीय जनताहरुलाई जागिर नहुनेलाई जागिर दिलाई दिने, निसन्तानलाई सन्तान दिलाईदिने, बिरामीलाई झारफुक गरिदिने, भविश्यवाणी गरिदिने जस्ता प्रलोभनमा पारी १० जना ब्यक्तिहरुलाई पुजा पश्चात फिर्ता हुने सर्तमा सुन चाँदीका गरगहना तथा नगद समेत राख्न लगाई जेठ १७ गते होटलबाट फरार भएका थिए ।
भुटीया भागे पश्चात आफु ठगिएको थाहा पाएपछि पीडितहरुले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले तनहुँ बन्दीपुर नगरपलिका–१ भानु डुम्रे बजारमा सुन चाँदी पसलमा आफु बेखर्ची भएको तर साथमा सुन चादीका गरगहना भएको भनी सल्लाह गरी सुन चाँदीका गरगहना जाकटी राख्दा राख्दैको अवस्थामा जेठ २१ पक्राउ गरी कार्यालयमा ल्याएको थियो ।
प्रहरीले भुटीयाको साथबाट सुनका गरगहना अन्दाजी १६ तोला, चादीका गरगहना अन्दाजी ३ तोला, नगद १ लाख ५८ हजार ३ सय ५० रुपैया , १ थान ल्यापटप र १ थान क्यामेरा समेत बरामद गरेको छ । भुटीयाले यस अघि पनि नुवाकोट तथा सिन्धुपाल्चोकमा समेत ठगी गरी सिन्धूपाल्चोक कारागारमा ३ बर्ष सजाय काट्दै गरेकोमा २०७२ बैशाख १२ को भुकम्पमा कारागार भत्किदा भागी भारततर्फ गएको बताएका छन् । ६ महिना अगाडी भारतबाट नेपाल आई उदयपुरको गाईघाटमा यसैगरी ठगी गरेको खुल्न आएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share