शनिबार, माघ ८, २०७८

लागु औषध अफिम सहित २ जना पक्राउ

२ श्रावण २०७३, आईतवार १३:२८

जाजरकोट, २ साउन ।
जाजरकोट प्रहरीले लागु औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नायकवाडा ६ का निमबहादुर सिंह र नायकवाडा ८ का कुशबहादुर महतारालाई प्रहरीले प्रक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाैँ र जिल्ला प्रहरी कार्यालय जाजरकोटको संयुक्त प्रहरी टोलीले भेरीमालिका नगरपालिका ४ शान्तिचौताराको एक होटलमा लुकाईछिपाई राखेको अवस्थामा १ किलो ४ सय ग्राम लागूऔषध अफिम सहित उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दान बहादुर मल्लले बताए ।

यस अघि पनि जाजरकोट प्रहरीले खगेनकोट, रग्दा र भगवति गाविसको करिब ६० रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share