बुधबार, माघ ५, २०७८

लागुऔषधसहित युवक पक्राउ

३० असार २०७३, बिहीबार ०९:०३

राजविराज, ३० असार । सप्तरीको मधुपट्टी–९ स्थित बलान खोलाबाट प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–२ निवासी २४ वर्षीय उद्धव तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङको साथबाट लुपिजेसिक आठ थान, फिनारगन आठ थान, डाइजेपाम आठ थान बरामद गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

बलान खोलामा तामाङलाई शङ्कास्पद अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सो लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share