आइतवार, असार १९, २०७९

रोशन साहित्य पुरस्कार न्यौपानेलाई

२० कार्तिक २०७३, शनिबार १३:४२

बागलुङ, २० कात्तिक । तनहुँका लेखक काशीनाथ न्यौपानेलाई काजी रोशन साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

धौवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७२ को उक्त पुरस्कार आगामी बुधबार न्यौपानेलाई समर्पण गर्न लागेको हो । न्यौपानेको उपन्यास कृति ‘आत्मघात क्रान्ति’ का लागि नगद रु १५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार वितरण गर्दै आएको छ । यसअघि अञ्चल र राष्ट्रियस्तरमा गरी ११ जना साहित्यकारले उक्त पुरस्कार पाइसकेका छन् ।

पाण्डुलिपीलाई पुुरस्कृत गर्दै आएको प्रतिष्ठानले २०७२ सालदेखि प्रकाशित पुस्तकलाई पुरस्कृत गर्न सुरु गरेको हो । रचनासँगै अन्य साहित्यिक क्रियाकलापमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् संस्थापक काजी रोशनले बताए  ।

पुरस्कारको लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले न्यौपानेको उपन्यासलाई छनोट गरेको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share