बुधबार, माघ ५, २०७८

रोनाल्डोलाई एर्नासनको जवाफः तिमी मेस्सी भन्दा पछाडि छौ

२ असार २०७३, बिहीबार ०६:३८

Ronaldo-Vs-Kari-Arnason

युरो कपमा पोर्चुगल र आइसल्याण्डको खेल मैदानभित्र त सकियो । तर, मैदान बाहिरको ‘खेल’ भने चलिरहेको छ । आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान रोनाल्डोले मैदान बाहिरको खेल अघि बढाएका थिए । उनले आइसल्याण्डले सानो मानसिकता लिएको तथा युरो कप नै जिते जसरी सेलिब्रेसन गरेको जस्ता टिप्पणी गरे ।
आइसल्याण्डका डिफेन्डर करी एर्नासनले त्यसको जवाफ दिएका छन् । उनले रोनाल्डोलाई एक अशिष्ट व्यक्ति, जोसँधै लिओनल मेस्सी भन्दा पछाडि मानिन्छ भनेका छन् ।
उसो त पोर्चुगलसँग खेल्नु अघि नै आइसल्याण्डका प्रशिक्षकले रोनाल्डोलाई उत्कृष्ट अभिनेता र उनका टिममेट पेपेलाई हलिउडमा हुनु पर्ने मध्येका एक भन्दै फायर खोलेका थिए ।
आइसल्याण्ड युरो कप खेल्ने सबै भन्दा सानो देश हो, जहाँको जनसख्या ३ लाख ३० हजार छ । न त्यहाँ कुनै व्यवसायिक फुटबल क्लब नै छ । यसका बाबजुद युरो कपका लागि छनौट हुन सफल उसले पहिलो खेलमा नै पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै अंक जोडेपछि निकै खुसी मनाएका थियो ।
डिफेन्डर अर्नासनले रोनाल्डो राम्रो फुटबल भएको तर, शालिन मानिस नभएको बताएका छन् । आइसल्याण्डले जितको कुनै प्रयास नै नगरेको भन्दै रोनाल्डोको आरोपको खण्डन गरे ।
उनले भने, हो हामीले पोर्चुगल जस्तो राम्रो टिमसँग खेल्दा धेरै मौका सृजना गर्न सकेनौं । तर, उनको यो प्रतिक्रिया यसकारण आयो कि मेस्सीसँधै उनी भन्दा एक कदम अगाडि रहन्छन् । मेस्सी यस्तो भन्छन् भन्ने कल्पना गर्न सकिँदैन ।’
खेल सकिएपछि रोनाल्डोले रेफ्रीसँग बहस गरेका थिए भने आइल्याण्डका खेलाडीहरुसँग हात मिलाउन मानेनन् । रोनाल्डो पे पायो त्यही बोलेको भन्दै अर्नासन भन्छन्, उन (रोनाल्डो)ले कुनै मौका पाएनन् । एक अवसर पाएका थिए, त्यसमा पनि सफल भएनन् ।’ रोनाल्डो पीडादायक हार व्यहार्ने फुटबलर भएको भन्दै उनले अघि भने, उनले के अपेक्षा गरेका छन् ? हामीले उनीहरुविरुद्ध बार्सिलोनाले जस्तो खेल्नु पर्ने ?

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share