मङ्लबार, कार्तिक ९, २०७८

रु एक करोड भन्दा बढीको अक्षय कोष स्थापना

२५ भाद्र २०७३, शनिबार १३:५४

बनेपा, २५ भदौ । काभ्रेपलाञ्चोकमा जोखिममा रहेका बालबालिकालाई लक्षित गरेर रु एक करोड ६ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना भएको छ ।

जिल्लाको पुरानोगाँउ, मेथिनकोट, पात्लेखेत, गैरीबिसौना देउपुर, उग्रचण्डीनाला, भिमखोरी, श्यामपाटीलगायत ३५ गाविसमा रु तीन लाखदेखि रु पाँच लाखसम्मको अक्षयकोष विभिन्न विद्यालयमा स्थापना भएको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले जनाएको छ ।

यसको उद्देश्य जोखिममा रहेका बालबालिकालाई शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग गर्ने हो, जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अधिकृत विदुर गौतमले भने।

जिल्लाका विभिन्न गाविसमा रहेका विद्यालयमा तीन जनादेखि नौ जनासम्म विद्यार्थीलाई स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजमार्फत बर्सेनि रकम प्रदान गरिन्छ ।

जिल्लाका विभिन्न विद्यालयका ९३ जना बालबालिकामध्ये अधिकांश दलित, विपन्न समुदायका र अभिभावक गुमाएका छन् । विगत दुई वर्षदेखि सेभ ‘द’ चिल्ड्रेनको सहयोगमा जिल्ला विकास समिति, धुलिखेलमार्फत सञ्चालित बाल संवेदनशील सामाजिक परियोजनामार्फत गाँउ बाल अक्षयकोष स्थापना भएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share