आइतवार, अशोज ३१, २०७८

रु एक अर्बको लागतमा सपिङ कम्प्लेक्स निर्माण

३ आश्विन २०७३, सोमबार १५:०७

पथरी (मोरङ), ३ असोज । रु एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले महल (सपिङ कम्प्लेक्स) निर्माण अघि बढाइएको छ । पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताए ।

एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल सम्भवतः नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने उहाँले जानकारी दिए ।

जमिन मुनिको तलामा २५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ ।

डिपार्टमेन्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटर्कार्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ ।

एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको महलमा एक सयभन्दा बढी कोठा रहने र महलको पछिल्लो भागमा होटल रहने छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share