आइतवार, अशोज ३१, २०७८

रु एकचालिस लाखमा उच्च मावि भवन

२२ भाद्र २०७३, बुधबार ११:४९

पोखरा, २२ भदौ । कास्की जिल्लाको पूर्वीभेगस्थित माझठाना गाविसमा सञ्चालित रत्नशोभा उच्च माविको रु ४१ लाख चार हजार ८८० को लागतमा चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।

जिल्ला शिक्षा कार्यालयको रु २४ लाख, निर्वाचन क्षेत्र विकास कोष क्षेत्र नं १ को सात लाख ८४ हजार ८८०, माझठाना गाविसको तीन लाख ७० हजार र आन्तरिक कोषबाट पाँच लाख ५० हजार आर्थिक सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो । एकै स्थानमा रहेको पुरानो र जीर्ण भवनमा सञ्चालन गर्दै आएको दश जोड दुईका कक्षा छुट्टै सुविधान सम्पन्न भवनमा सञ्चालन भएपछि विद्यार्थीलाई पठनपाठनमा सुविधा पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज तिवारीले जानकारी दिए।

उनका अनुसार जिल्ला शिक्षा कार्यालयको छात्रा शौचालय कार्यक्रमअन्तर्गत रु चार लाख आर्थिक सहयोगमा सोही पक्की भवनसँगै दुईवटा सुविधासम्पन्न छात्रा शौचालयसमेत निर्माण भइरहेको छ । २०१६ सालमा स्थानीय शिक्षाप्रेमीको सक्रियतामा स्थापना गरिएको सो विद्यालयमा हाल विभिन्न कक्षामा ३५० विद्यार्थी र २४ जना शिक्षक–शिक्षिका अध्ययन–अध्यापनरत अध्यक्ष तिवारी बताउछन् ।

त्यसैगरी, माझठाना–४ पात्लेका खडगसिंह गुरुङले बुबा जुमबहादुर गुरुङको स्मृतिमा सोही पक्की भवनसँग जोडेर दुईकोठे पक्की भवन निर्माण गरिदिने भएका हुन । विद्यालयले उपलब्ध गराएको जग्गामा उनले आप्mनो निजी खर्च रु ३० लाखको लागतमा सो भवन निर्माण गर्ने भएका हुन । हाल भवन निर्माण कार्य भइरहेको विद्यालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share