शुक्रबार, कार्तिक ५, २०७८

रुट परमिटबिना सवारी सञ्चालनमा

१९ भाद्र २०७३, आईतवार ०९:५४

बैतडी, १९ भदौ । बैतडीका सबै कच्ची सडकमा रुट परमिटबिना नै सवारीसाधन सञ्चालनमा रहेको पाइएको छ । विशेष गरेर ती सडकमा साना सवारीसाधन जिप सञ्चालनमा रहेका हुन् ।

जिल्लाका देहीमाडौँ–गिरेगडा, पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, विप्यकटाल–ढुङ्गाड, सिल्लेगडा–कटौजपानी सडकमा बिनारुट परमिट सवारीसाधन सञ्चालनमा रहेका हुन् । रुट परमिटबिना सडकमा सवारीसाधन सञ्चालनमा रहेकाले ती सडकमा अस्थायी रुट परमिट दिने तयारी थालेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कच्ची सडकमा सवारीसाधन सञ्चालनमा आएकाले त्यसलाई एक्कासि रोक्दा नागरिकलाई सास्ती हुने भएकाले अस्थायी रुट परमिट दिनका लागि तयारी थालिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए। प्रजिअ अध्यक्ष रहेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बोलाएर यो विषयमा चाँडै निर्णय लिइने उनले बताए ।

रुट परमिटका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको भए पनि बैतडीका कच्ची सडकले रुट परमिट प्राप्त गरेका छैनन् । जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बोलाएर प्राविधिक समितिको अध्ययनपश्चात् अस्थायी रुट परमिट प्रदान गरिने प्रजिअ चौधरीले बताए ।

कच्ची सडकमा गाडी चलिरहेको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले यातायात क्षेत्रलाई चुस्तदुरुस्त बनाउने बताए । अहिले जिल्लाभरि ट्राफिक नियम पालनाका लागि सबैलाई आग्रह गरिएको राणाले उल्लेख गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share