मङ्लबार, असार २१, २०७९

रुकुम यातायात बसमा तोडफोड, तीन घाइते

३१ जेष्ठ २०७३, सोमबार १४:५२

सल्यान, ३१ जेठ । रुकुम यातायात प्रालिको डिलक्स बसमा तोडफोड हुँदा दुई यात्रुसहित तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट रुकुमतर्फ जाँदै गरेको ना५ख ७२४१ नंको डिलक्स बसमा सल्यान रुकुम यातायात समितिका कर्मचारीले सोमबार बिहान ६ बजे जिल्लाको श्रीनगरमा तोडफोड गरेका हुन् । बसमा यात्रु राख्ने विषयलाई लिएर सल्यान रुकुम यातायात समितिका कर्मचारीको समूहले यात्रुसहितको बसमा ढुङ्गामुढा गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हबलदार वीरेन्द्रबहादुर कडायतसहित तीन जना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते यात्रुको उपचार भइरहेको छ । तोडफोडमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले बताए । यसै विषयलाई लिएर सोमबार नै सर्वपक्षीय छलफल आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share