शनिबार, माघ ८, २०७८

रुकुमको माटो उत्कृष्ट

१४ असार २०७३, मंगलवार ११:१९

रुकुम, १४ असार ।

खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटाको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो ।

खाद्यान्न र नगदेबाली उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन सोमबार क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गरे ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share