बुधबार, माघ ५, २०७८

रुकुमको ग्रामीण यातायात अवरुद्ध

१ श्रावण २०७३, शनिबार ०८:०६

रुकुम, १ साउन । जिल्लाका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै अवरुद्ध हुँदा रुकुमका विभिन्न स्थानको यातायात प्रभावित भएको छ ।

वर्षाले विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडक ठाउँठाउँ फाटेपछि यातायात सञ्चालन हुन नसकेको हो ।

सदरमुकाम खलङ्गादेखि आठबिसकोट, चौरजहारी, पीपल, पोखरा, तकसेरा, महत, काँक्री जाने सडक पूर्णरूपमा बन्द भएका छन् भने रुकुमकोट, बाँफीकोटलगायतका ठाउँ पुग्ने सडक अनियमित बनेका छन् ।

अनियमित रूपमा गाडी चलेका सडकमा पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् । सडक निर्माणपछि नाला नकाट्दा समस्या भएको चालकको भनाइ छ ।

नाला नहुँदा पानी सडकमा बगेर सडक भत्कने गरेको छ । सडक अनियमित बन्दा सदरमुकाम आउने तथा सदरमुकामबाट फर्कने यात्रुलाई समस्या भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि असहजता आएको छ । सडक अनियमित बनेसँगै जिल्लाका बजारमा महँगी बढ्ने भन्दै उपभोक्ता चिन्तामा परेका छन् ।

सवारीसाधन सञ्चालन नहुँदा दोब्बर मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । विशेषगरी आठबिसकोट, काँक्री, रुकुमकोट बजारबाट सेवा लिने उपभोक्ता महँगीको मारमा परेका छन् । सडक सञ्चालन नहुँदा मान्छेबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले सामान महँगो भएको व्यवसायीले बताउँछन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share