बिहिबार, माघ १३, २०७८

रिले अनशन १४ औँ दिन पनि जारी

३१ असार २०७३, शुक्रबार ११:३५

सप्तरी, ३१ असार ।

एक मधेस एक प्रदेस, सिमाङ्कन लगायतका विभिन्न माग राख्दै राजविराजमा थालिएको रिले अनशन आज १४औँ दिन पनि जारी छ ।

गत असार १८ गतेदेखि राजविराजको जनआन्दोलन चोकमा अनशन सुरु गरिएको थियो

बिहीबार तेह्रौँ दिन मधेसी मोर्चाभित्रका विभिन्न दलका आठ जना नेताले अनशनमा सहभागिता जनाएका छन् ।

सङ्घीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष अमरनाथ यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका युवा नेता मनोज मण्डल, सद्भावनाका क्षेत्रीय सदस्य खुसर र राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला सदस्य फुलदेव राम अनशनमा सहभागी भए ।

त्यस्तै तराई मधेस सद्भावना पार्टीका नेता महेन्द्र सदा, फोरम गणतान्त्रिकका युवा उपाध्यक्ष सुधीरकुमार यादव, नेपाल सद्भावना पार्टीका जिल्ला सदस्य शिवलखन मण्डल र भुवन रामले १३औँ दिनको अनशनमा सहभागिता जनाएका थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share