शनिबार, मंसिर १८, २०७८

रिलिजको एक दिनमै ‘लुट २’ टिजरको रेकर्ड

२१ जेष्ठ २०७३, शुक्रबार ०७:१९

२०१२ मा रिलिज भएको ब्लकवस्टर फिल्म ‘लुट’ सिक्वेलले युट्युवमा रिलिजको एक दिनमै किर्तिमानी कायम गरेको छ । मंगलबार दिउँसो ४ बजे रिलिज गरिएको टिजर अहिलेसम्म १ लाख ४० हजार पटक हेरिसकिएको छ । संभवत नेपाली फिल्मको टिजर यती धेरै पटक हेरिएको यो पहिलो पटक हो । निश्चल बन्नेतको निर्देशनमा बन्ने ‘लुट २’लाई युट्युवमा हेर्ने मध्ये १ हजार ७ सय बराबरले ‘लाईक’ गरेका छन् भने ‘डिसलाईक’को संख्या त्यसको ५ प्रतिशत आसपास छ । त्यस्तै कमेन्टमा पनि उत्साहजनक प्रतिक्रिया दर्शकले पोखेका छन् ।
अर्को हप्ता फ्लोरमा जाने र फागुनमा रिलिज गरिने लक्ष्य राखिएको यो फिल्मको टिजरप्रति प्रतिक्रिया राख्दै धेरैले ‘मस्ट अवेटेड’ फिल्म लेखेका छन् । फिल्ममा दयाहाङ राई, ऋचा शर्मा, सौगात मल्ल लगायत अभिनयमा रहनेछन् । यसअघि अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’को ट्रेलर पनि रिलिजको २४ घण्टामै भाईरल बनेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share