शनिबार, मंसिर १८, २०७८

राष्ट्रिय सहमति नहुँदासम्म यही सरकार : उपप्रधानमन्त्री रायमाझी

२२ जेष्ठ २०७३, शनिबार १६:३७

काठमाडौ, २२ जेठ ।
उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति नहुँदासम्म केपी शर्मा ओली नेतृत्वकै सरकार रहने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयन र मुलुकको समृद्धिकोलागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको स्पष्टपार्दै बहुमतको सरकारको विकल्पमा बहुमतकै सरकार ल्याउँदा मुलुकमा अस्थिरता हुने धारणा राखे ।
साक्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले भने, ‘अहिले सरकार परिवर्तन भन्दा पनि राष्ट्रिय सहमतिको सरकारको कुरा महत्वपूर्ण हो । सरकार परिवर्तनको माहौल बनिसकेको छैन । यो सरकारले काम गर्न सकेन भन्ने आरोप पनि लागेको छैन । त्यसैले अहिले सरकार परिवर्तन गर्न भन्दा पनि सहमति कायम गर्न छलफल गर्नु पर्छ ।’top bahadur rayamajhi
उनले राष्ट्रिय सहमतिको सरकार निर्माण भनेको सबैलाई सरकारमा सहभागि गराउने विषय भएकोले सहमतिको सरकार बन्ने अवस्थामा आफू जस्तो सुकै सम्झौता गर्न पनि तयार रहेको स्पष्ट पारे ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले देशको नेतृत्व गर्न नसक्ने दावी गर्दै भट्टराईले माओवादीको इतिहास छाडेर राम्रो कम नगरेको तर्क गरे ।
उनले अभिष्ट पुरा गर्ने गरी कसैले आफू पनि नयाँ शक्तिमा जान लागेको भनि अफवाह फैलाएको दावी गर्दै आफू माओवादी भित्रै रहेर रुपान्तरण गर्ने पक्षमा रहेको स्पष्ट पारे ।
उपप्रधानमन्त्री रायमाझीले आगामी मंसिर महिनाबाट लोडसेडिङ पाँच देखि ६ घण्टाभन्दा नबढ्ने दावी गर्दै यो वर्षको बर्षामा २ घण्टा भन्दा बढी लोडसेडिङ हुने बताए । उनले भने,‘ यो वर्ष हाईड्रोपावरबाट १२५ मेघावाट भन्दा बढी विजुली उत्पादन हुने देखिदैन । त्यसैले हामीले लोडसेडिङ न्यून गर्न विकल्पको लागि सोलार, विन्डपावर र थर्मल प्लान्टको विषयमा छलफल अघि बढाएका छौ ।’
उपप्रधानमन्त्री रायमाझीले दुई वर्षमा लोडसेडिङ अन्त्य गर्ने गरी आफ्नो नेतृत्वमा दशौ वर्षदेखि अड्किएर रहेको ढल्केबर–मुर्जफरफुर प्रशारण लाइन निर्माण सम्पन्न भएको, ढल्केबर–खिम्ती र ढल्केबर–हेटौडा प्रशारण लाइनको काम तिब्र रुपमा अघि बढेको जानकारी दिदै विद्युत चुहावट नियन्त्रणकोलागि समेत संयन्त्र अघि बढाइएकोले केही समयमा नतिजा आउने दावी गरे ।
उनले डेभलपरले नै थर्मल प्लान्ट ल्याएर उर्जा उत्पादन गरेपछि त्यसको पीपीए गरेर खरिद गर्ने गरी छलफल भईरहेको भन्दै त्यसबाट उत्पादित विजुलीको भार जनतालाई नपर्ने गरी डेडिकेटेड फिडरमार्फत वितरण गर्ने जानकारी दिए । यद्यपि उनले थर्मल प्लान्टको विषयमा कुनै ठोस निर्णय भने भई नसकेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share