मङ्लबार, असार २१, २०७९

राष्ट्रिय सहमतिको सरकार आवश्यक छ : अध्यक्ष दाहाल

२९ जेष्ठ २०७३, शनिबार १८:२७

धनगढी, २९ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशका विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको दोहोर्‍याएका छन् ।Puspakamal_dahal

पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानको कार्यान्वयन, भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माण, थारु मधेस समस्या समाधान र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पारे ।
पत्रकारहरुको प्रश्नमा उनले सहमति जसमा हुन्छ, त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने बताउँदै यस्तो सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
नेकपा (माओवादी केन्द्र)को प्रदेश नं ७ स्तरीय भेलामा सहभागी हुन अध्यक्ष दाहालसहितका नेताहरु शनिबार धनगढी आइ पुगेका हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share