सोमवार, मंसिर २०, २०७८

‘राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने’

२९ जेष्ठ २०७३, शनिबार १०:३९

चितवन, २९ जेठ ।

नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले, “वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्छ ।”

वर्तमान सरकारले मधेसीलगायतका दलको समर्थन पाउन नसक्ने दावी गर्दै उहाँले सहमतिको सरकार नेतृत्व काँग्रेसले लिएमा सहमति जुट्ने पनि बताए । भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्था परिचालन गर्न खोज्नु भूकम्प प्रभावितका नाउँमा गरिएको राजनीति भएको नेता महतले उल्लेख गरे ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share