आइतवार, अशोज ३१, २०७८

राष्ट्रपति शीको नेपाल भ्रमण रद्द भएको छैन : चीन

२७ भाद्र २०७३, सोमबार १६:५५

काठमाडौं, २७ भाद्र । चीनीयाँ राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमण रद्द भएको भन्ने समाचारको चीनीया बिदेश मन्त्रालयले खण्डन गरेको छ । चीनीया बिदेश मन्त्रालयले राष्ट्रपति शीको भ्रमणबारे नेपालसँग ‘निकट सम्वाद’मा रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले राष्ट्रपति शीको भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै रहेको भन्दै अहिले भ्रमण रद्द भएको भन्न नमिल्ने बताएकी छन् । उनले भनेकी छन्, ‘अहिले दुवै देश उच्चस्तरको भ्रमण आदान प्रदानबारे निरन्तर सम्वादमा छन् ।’ चिनियाँ राष्ट्रपति शी भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा नेपाल आउने चर्चा थियो । तर, पछिल्लो पटक यो भ्रमण रद्द भएको खबरहरु प्रकाशमा आएका थिए । नेपाल सरकारले भने भ्रमण रद्द भएको खबरको खण्डन गर्दै आएको थियो ।

अहिले चीनले पनि अक्टुबरको भ्रमण तय भइनसकेकाले रद्द भयो भन्न नमिल्ने बताएको छ । नेपालसँग निकट रहेर सम्वाद भइरहेको भन्दै चीनले राष्ट्रपति शीको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने बताएको छ ।साथै चीनले प्रचण्ड नेतृत्वको नयाँ सरकारसँगको सम्वन्धलाई महत्व दिएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवाले भनेकी छन्, ‘चीनले नेपालको नयाँ सरकारसँग सम्वन्धलाई महत्व दिएको छ । र, दुई देशीय सम्वन्ध अगाडि बढाउन चाहन्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share