सोमवार, असार १३, २०७९

‘राप्रपा सरकारका हैरान साझेदार’

१५ असार २०७३, बुधबार १७:५६

भक्तपुर, १५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपति शमशेर राणाले वर्तमान सरकारको कामदेखि राप्रपा खुसी नभएको बताएका छन् ।

वुधबार राप्रपा भक्तपुरले असार १५ राष्ट्रिय धान दिवसका अवसरमा नगरकोट नगरपालिकाको सुडालमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा भाग लिँदै उनले सरकारमा आफ्नो पार्टी ‘हैरान साझेदार’ भएको बताएका हुन् ।

राणाले भने – “वर्तमान सरकारमा राप्रपा सहभागी छ तर पनि सरकारको कामप्रति सन्तुष्ट छैन । राप्रपा वर्तमान सरकारको हैरान साझेदार भएको छ ।” सरकारले भूकम्पपीडितप्रति ध्यान दिन नसक्दा उनीहरुले गर्मी, जाडो र वर्षा छाप्रो भित्रै बिताउनु परेको चर्चा गर्दै उनले भूकम्पपीडितले अझै पनि रु ५० हजार अनुदान बाँड्न नसक्नु दुर्भाग्य भएको बताए ।

सरकारले मधेसको समस्या हल नगरेसम्म कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै उहाँले मधेसलाई दुई प्रदेश बनाएर जानसके मधेस समस्या हल हुने दाबी गरे । राष्ट्रिय सहमतिको सरकार गठन गर्न सके राम्रो हुने उनको धारणा थियो ।

त्यसैगरी, राष्ट्रिय धान दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले छालिङमा रोपाइँ कार्यक्रमको आयोजना गर्‍यो । काँग्रेस केन्दीय सदस्य एवम् सभासद् बद्री पाण्डेले छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्ने र त्यसको नेतृत्व काँग्रेसले गर्ने बताए ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायत नेता धान रोपाइँमा सहभागी थिए । त्यसैगरी, काँग्रेस निकट महिला सङ्घले भक्तपुर नगरपालिकामा आयोजना गरेको रोपाइँ कार्यक्रममा सङ्घकी डिला सङ्ग्रौलालगायत महिला सङ्घका नेता तथा कार्यकर्ता सहभागी भए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share