आइतवार, अशोज ३१, २०७८

रातो हाब्रे दिवस

१ आश्विन २०७३, शनिबार १०:५१

पाँचथर, १ असोज । विभिन्न विद्यालयका विद्यार्थीले सातौँ रातो हाब्रे दिवस मनाएका छन् । सङ्कटापन्न रातो हाब्रे पाइने जिल्लाका विभिन्न छ गाविसमा सो दिवस मनाइएको हो ।

red-pandaरेड पान्डा नेटवर्क र दीपज्योति युवा क्लबले रातो हाब्रे सचेतनाका लागि विद्यालयमा गठन गरेको रुटसुट क्लबमार्फत विभिन्न क्रियाकलाप सञ्चालन भएको हो ।

शुक्रबार नौ विद्यालयमा सो दिवस मनाइएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताए ।
संरक्षणमा बढीभन्दा बढी व्यक्ति एवम् सरोकार भएकाहरुलाई सहभागी गराई संरक्षण अभियान सफल पार्ने उद्देश्यले विसं २०६७ असोजतिरदेखि (सेप्टेम्बर महिनाको तेस्रो शनिबार)लाई अन्तर्राष्ट्रिय रातो हाब्रे दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपालमा विसं २०६८ देखि यो दिवस मनाउँदै आइएको छ । यस वर्ष फलैचा, च्याङ्थापु, सिदिन, प्राङ्बुङ, मेमेङ र लुङ्रुपा गाविसका विद्यालयमा सचेतनामूलक अन्तक्र्रिया, वक्तृत्वकला प्रतियोगिता, खेलकुद गतिविधि तथा सांस्कृतिक कार्यक्रम गरी मनाइएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share