शनिबार, मंसिर १८, २०७८

राज्यलाई कर नतिरेको भन्दै ‘विप्लव’ पक्षधरद्वारा एनसेल टावरमा आगजनी

२९ जेष्ठ २०७३, शनिबार १९:३८

गोरखा, २९ जेठ । एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेका छन् ।

नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर आज बिहान टावरमा आगो लगाएका हुन् ।

नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिएका छन् । उनले  एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनको भनाइ छ । राज्यलाई तत्कालै कर नतिरेमा जिल्लाको अन्य क्षेत्रमा रहेका टावरमा समेत आगजनी गर्ने नेकपा माओवादीले चेतावनी दिएको छ ।

तीन जनाको समूहले टावरमा लगाएको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएका हुन् । आगलागीबाट टावरमा के, कति क्षति पुगेको भन्नेबारे पूर्ण जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले टावरमा आगो लगाउने समूहको खोजी भइरहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share