आइतवार, अशोज ३१, २०७८

राजनीतिक परिवर्तनमा महिलाहरुको महत्वपूर्ण योगदान : वरिष्ठ नेता पौडेल

१८ भाद्र २०७३, शनिबार १८:२३

काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०७३ को अवसरमा शुभकामना दिएका छन । देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी वहिनीहरुमा सुख, शान्ति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु–उनले दिएकाे शुभकामना सन्देशमा  भनिएकाे छ।

ramchandra paudelउनले नेपालजस्तो बहुभाषा, बहुजाति, संस्कृति र परम्परा भएको देशमा यसप्रकारका चाडपर्वले आपसमा मित्रता र सदभाव बढाउँन प्रेरणा दिने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख छ । उनले तीजमा आफ्नो धर्म संस्कृति अनुसार महिलाहरु व्रत वस्ने, नाचगान गर्ने, मीठो खाने, घरपरिवार र माईतीबीचको सम्बन्धलाई प्रगाढ बनाउने जीवन्त मौलिक परम्पराले यो पर्वको विशिष्टतालाई बढाएको पनि सन्देश बताएका छन्।

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले नेपालको आर्थिक, सामाजिक, सास्कृतिक सहित राजनीतिक परिवर्तनमा नेपाली महिलाहरुको महत्वपूर्ण योगदान रहेको सन्देशमा उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्–यो पृष्ठभूमिमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएर त्यसको कार्यान्वयनको अवस्थामा रहेको बेला संविधानप्रदत्त महिला हक अधिकारलाई सुनिश्चित गरी राज्य र राजनीतिक दल सहितका विभिन्न निकायमा महिला सहभागिता बढाउँदै लानुपर्दछ । महिला सशक्तिकरण, सहभागिता र समावेशीतालाई विशेष महत्व दिनुपर्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share