सोमवार, असार १३, २०७९

रहला त अहिलेकै सत्ता गठबन्धन ?

२१ असार २०७३, मंगलवार ०७:०४

काठमाडौं, २१ असार सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र निकट नेताहरूसँगको परामर्श थालेका छन् । उनले आइतबार साँझ महासचिव ईश्वर पोखरेल र नेता शंकर पोखरेलसँग तथा सोमबार साँझ उपप्रधानमन्त्री भीम रावल, कानुनमन्त्री अग्नि खरेललगायतसँग छलफल गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री ओलीले नेताहरूसँग सुझाब मागेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

गठबन्धनका पक्षमा को–को ?

एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष गौतमलगायत नेताहरू राष्ट्रिय सहमति नबनेको अवस्थामा वर्तमान सत्ता गठबन्धनलाई नै कायम राखेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । माओवादीसाग भएको भद्र सहमति कार्यान्वयन गरेर चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा उनीहरू छन् । स्रोतका अनुसार खनाल बजेट पारित भएपछि माओवादीसागको भद्र सहमतिबारे बोल्ने तयारीमा छन् । ‘बजेट पारित भएपछि मात्रै के सहमति भएको थियो भन्ने कुरा बोल्ने उहाँको योजना छ,’ खनालनिकट स्रोतले भन्यो ।

नेता नेपाल अहिले देशबाहिर छन् । संविधान कार्यान्वयन गर्न कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने नेपालले बताउँदै आएका छन् । उपाध्यक्ष गौतम राष्ट्रिय सहमति नबन्दा अहिलेकै गठबन्धन कायम राख्न भद्र सहमति कार्यान्वयन गरेर अघि बढ्नु उपयुक्त हुने पक्षमा छन् । ‘राष्ट्रिय सहमति सबैले भन्नुभएको छ । त्यो भएन भने त बहुमतीयमै जानुपर्छ । राम्रो के हुन्छ भन्दा पहिला जे सहमति भएको थियो त्यही गर्दा उपयुक्त हुन्छ,’ उनले भने ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share