बुधबार, मंसिर २२, २०७८

रसुवागढीबाट सुनसहित एक पक्राउ

३१ जेष्ठ २०७३, सोमबार १३:३४

धुन्चे (रसुवा), ३१ जेठ । अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको छ किलो सुनसहित एक जनालाई IMG_2233रसुवागढीबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार छ किलोभन्दा बढी पेटी बनाएर कम्मरमा बाँधी ल्याएको अवस्थामा मितेरी पुलमै संयुक्त सुरक्षा जाँचका क्रममा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा टिमुरे–५ का २६ वर्षीय काङकाङ भनिने तेन्जिङ तामाङ रहेका छन् । उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब रु दुई करोड ८२ लाख भएको अनुमान गरिएको छ ।
सुनसहित पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । सुन तस्करको प्रकरण भएकाले त्यसको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी राजस्व विभागमा बुझाउने तयारी गरिरहेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share