बुधबार, मंसिर २२, २०७८

रसियाली ग्यास महङ्गो, खरिद नगरिने : युक्रेन

२९ जेष्ठ २०७३, शनिबार ०७:५१

किभ (युक्रेन), २९ जेठ । युक्रेनले शुक्रबार आफूले रसियासँग प्राकृतिक ग्यास खरिद गर्दा महङ्गो पर्ने जनाउँदै विकल्प सोच्ने बताएको छ ।

रसियाली ग्यास कम्पनी ग्याज प्रोमले गएको मङ्गलबार युक्रेनको राज्य सञ्चालित ऊर्जा कम्पनीले ग्यास आपूर्ति गराउन रसियालाई पत्राचार गरी अनुरोध गरेको जनाएको दुई दिनपछि युक्रेनले ग्यास आपूर्तिका लागि युरोपका अन्य मुलुकसँग कुराकानी गर्ने जनाएको हो ।
पूर्वसोभियत राष्ट्रहरु रसिया र युक्रेनबीच सन् २०१४ मा मस्कोले क्रिमियालाई आफ्नो कब्जामा लिएपछि पटकपटक ग्यास मूल्यको विषयमा विवाद आएको र युक्रेनको बाटो हुँदै युरोपमा ग्यास आपूर्ति कार्यमा अवरोध हुँदै आएको छ ।
युक्रेनको राज्य नियन्त्रित नाफ्टोग्याज कम्पनीले ग्याज प्रोमले रसियासँग ग्यास आयातका लागि मङ्गलबार पत्राचार गरेको कुरालाई स्वीकार गरेको छ । तर मस्कोबाट ग्यास आपूर्ति गर्दा मूल्य बढी पर्ने भएकाले मूल्यमा पुनःविचार गरिनुपर्ने बताएको छ ।
नाफ्टो ग्याजका व्यापार विस्तार निर्देशक युरिय भिट्रेन्कोले रसियाको ऊर्जा मन्त्रालयले युक्रेनलाई प्रति एक हजार क्युबिक मिटर बराबर १७७ अमेरिकी डलरमा ग्यास दिनसक्ने पहिले बताएको थियो ।
तर हालै यस मूल्यमा परिवर्तन गरी १८२ अमेरिकी डलर प्रति हजार क्युबिक मिटरमा कारोबार गर्ने भनी पुनःपत्राचार गरेपछि मूल्य महङ्गो भएको बताउँदै यस मूल्यमा खरिद गर्न सम्भव नहुने युक्रेनले बताएको हो ।
रसियाली ऊर्जा मन्त्रालयले यसलाई बजार मूल्यभन्दा कम भएको जनाएको छ । तर युक्रेन यसमा सहमत छैन, भिट्रेन्कोले आफ्नो फेसबुक पेजमा लेखेका छन् । यो सर्तमा हामी ग्यास खरिद गर्न तयार हुने छैनौँ र विकल्प सोच्न बाध्य हुनेछौँ, भिट्रेन्कोले भने । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share