मङ्लबार, माघ ११, २०७८

रसियालाई हराउँदै वेल्स युरो कपको नकआउट चरणमा

७ असार २०७३, मंगलवार ०९:४४

Wales-2काठमाडौं । रसियालाई हराउँदै वेल्सले समूह विजेताका रुपमा युरो कप २१६ को नकआउट चरणमा स्थान पक्का गरेको छ ।

मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा वेल्सले रसियालाई ३-० ले हराएको छ । जितसँगै ३ खेलबाट ६ अंक जोडेको वेल्स समूह विजेता बनेको छ भने रसिया पुछारमा रहँदै युरो कपबाट बाहिरिएको छ ।

खेलमा वेल्सले ११ औं मिनेटमा एरोन राम्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै टाइलोरले गोल गरे । ६७ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि वेल्स महत्वपूर्ण तीन अंक हात पार्न सफल भएको छ ।

सन् १९५८ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले नकआउट चरणमा उत्तरी आयरल्याण्ड प्रतिद्वन्द्वी पाउन सक्छ । सन् २०१८ को विश्वकप आयोजक रसिया भने तीन खेलबाट मात्र एक अंक हात पार्दै युरो २०१६ बाट बाहिरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share