बुधबार, कार्तिक १०, २०७८

रङ्गशाला सरसफाइः खेलकुदमन्त्री

३१ भाद्र २०७३, शुक्रबार १३:२७

काठमाडौँ, ३१ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा आज बिहान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको सरसफाइ भएको छ ।

युवा तथा खेलकुद मन्त्री दलजित ७नतसीपाइली शुक्रबार पोष्टबहादुर बोगटीको दोस्रो स्मृती दिवसको अवसरमा अखिल क्रान्तिकारी विद्यार्थी स्वयमसेवक एवम अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको दशरथ रङगशाला सरसफाइ कार्यक्रममा सरसफाइ गर्दै । तस्बिरः रोशन सापकोटा, रासस
युवा तथा खेलकुद मन्त्री दलजित ७नतसीपाइली शुक्रबार पोष्टबहादुर बोगटीको दोस्रो स्मृती दिवसको अवसरमा अखिल क्रान्तिकारी विद्यार्थी स्वयमसेवक एवम अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको दशरथ रङगशाला सरसफाइ कार्यक्रममा सरसफाइ गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

नेकपा (माओवादी केन्द्र)का भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिट तर्फ पलाएका सबै झार नष्ट गरियो । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा झाडी उम्रिएर कुरुप भएकाले आफू सरसफाइमा लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।

उनले भने “भूकम्पपछिको पुनःनिर्माणका लागि साङ्केतिक रुपमा सन्देश दिन पनि हामीले सरसफाई गरेका हौं ।”

कार्यक्रममा मन्त्री श्रीपाइली आफैँ मेसिन चलाएर झार काट्नुभएको थियो भने उनले शौचालयसमेत सफा गरिएको बताइएको छ । सरसफाइले रङ्गशालाको पूरै स्वरुप फेरिएको बताइएको छ ।

करिब दुई वर्षयता रङ्गशाला पुनःनिर्माणको क्रममा छ । गत वर्षको वैशाख १२ गते गएको भूकम्पबाट रङ्गशालामा क्षति पुगेपछि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन् ।

अखिल नेपाल खेलकुद महासङ्घले पनि सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share