शुक्रबार, असार १७, २०७९

युवालाई स्वदेशमै परिचालन गर्नुपर्ने

२३ असार २०७३, बिहीबार ०८:५१

काठमाडौँ, २३ असार । देशमा रोजगारी सिर्जना गरी युवालाई स्वदेशमा परिचालन गर्न सके निकै छोटो समयमै मुलुकले समृद्धि प्राप्त गर्नेेमा युवाले जोड दिएका छन् ।

ऐक्यबद्धता प्रकाशन प्रालिले बुधबार यहाँ आयोजना गरेको ‘युवा, रोजगारी, स्वाधीन अर्थतन्त्र र समाजवाद विषयक’ अन्तक्र्रियामा सहभागी वक्ताले देशमा भएका विभिन्न प्राकृतिक स्रोत तथा साधनलाई समुचित प्रयोग गर्नका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताए ।

राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष माधव ढुङ्गेलले मुलुकमा रोजगारीको अवसर उपलब्ध नभएका कारण युवा जनशक्ति विदेसिन परेकामा चिन्ता व्यक्त गर्दै अब सरकारले उत्पादनमा युवालाई आकर्षित गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अष्ट ‘ज’ अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले युवा भनेको १६ देखि ४० वर्ष उमेर समूह भएकाले उनीहरुलाई रचनात्मक र सृजनात्मक काममा लगाउन सकेमा देश विकास हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष प्रकाश रिमालले युवालाई प्राविधिक शिक्षा उपलब्ध गराउन नसकेका कारण देशमा तीव्रगतिले विकास हुन नसकेकोमा गुनासो गरे ।

वाइसिएल नेपालका अध्यक्ष आरसी शर्माले सरकारले देशमा राजनीतिक स्थायित्व तथा शान्ति कायम गरी लगानीको सुरक्षा गर्न सके देशमा विदेशी लगानीकर्ता आकर्षित हुने बताए ।

युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेलले वैदेशिक लगानी भित्र्याउन सकेमा ठूलो सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुने र त्यसले युवा जनशक्तिलाई स्वदेशमा उपयोग गर्न सकिने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल तरुण दलका उपाध्यक्ष जन्मजय तिमिल्सेनाले सरकारले युवालाई उत्पादनमा जोड दिएर न्यायोचित वितरणमा प्रस्ट दृष्टिकोण बनाउनुपर्ने बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share